मधुमेहका रोगीलाई मर्निङ वाक वरदान
काठमाडौँ । टाइप-२ डाइबिटीज हाम्रो जीवनशैलीसंगै जोडिएको एउटा दीर्घ समस्या हो, तर जीवनशैलीमा केही सामान्य परिवर्तन गरेर तपाईंले यो स्थितिलाई नियन्त्रणमा राख्न सक्नु हुनेछ ।
जीवनशैलीमा सामान्य परिवर्तनको थालनी तपाईंको बिहान उठ्ने बेलासंग नै सम्बन्धित छ । मधुमेहको बिरामी हुनुहन्छ भने तपाईंले बिहान आधा घण्टा हिंड्नै पर्छ ।
कम हुन्छ ब्लड शुगर
बिहान उठेर नियमित रुपले हिंड्नु भनेको मधुमेहका बिरामीहरुका लागि सधैं नै निकै फाइदाजनक मानिएको छ । किनभने बिहानको हिंडाइपछि ब्लड शुगरको लेभलमा निकै कमी आउँछ । यदि तपाईं मधुमेहको रोगी हुनुहुन्छ र इन्सुलिनको प्रयोग गरिरहनु भएको छ भने तपाईं बिहान उठेर कम्तिमा पनि आधा घण्टा हिंड्नै पर्छ । यसो गर्नाले मधुमेहको खतरामा समेत कमी आउने छ ।
हृदयाघातको खतरामा कमी
चिकित्सकहरु बढ्दो उमेरमा मानिसहरुले हरेक दिन कम्तिमा दुई किलोमिटर पैदल यात्रा गर्ने सल्लाह दिन्छन्, किनभन यसो गर्नाले मांशपेशीहरुलाई मजबूती दिन सहयोग पुग्छ । जो व्यक्तिहरुलाई हृदयाघातको खतरा हुन्छ, उनीहरुले बिहान उठेर कम्तिमा आधा घण्टा पैदल यात्रा गर्नु पर्छ ।
यदि तपाईं बिहान हिंड्ने क्रममा तिब्र गति लिनु हुन्छ भने त्यसले तपाईंको मुटुको धड्कन बढ्छ र शरीरमा गर्मी पैदा हुन्छ । तिब्र गतिले हिंड्नाले शरीरमा अक्सिजन उत्कृष्ट तरिकाले प्रवाहित हुन्छ र तपाईं सधैं फिट रहन सक्नु हुनेछ । बिहान उठेर आधा घण्टासम्म हिंड्नाले कोलेस्ट्रोल कम गर्नमा पनि सहयोग पुग्छ । भनिन्छ, कोलेस्ट्रोलको स्तर बढ्नाले हृदय रोग, ब्लड प्रेसरको खतरा बढ्छ । तर, हरेक दिन तीस मिनेट हिंडियो भने शरीरमा बढेको कोलेस्ट्रोल कम हुन्छ भने गुड कोलेस्ट्रोल बढ्ने सम्भावना हुन्छ ।
वजन कम गर्नमा फाइदाजनक
शरीरको वजन कम गर्ने कोशिशमा लागेका मानिसहरुका लागि यो एउटा अति नै साधारण उपाय हो । यदि तपाईं वजन गर्ने प्रयास गरिरहनु भएको छ भने तेज रफ्तारले आधा घण्टा हिंडनु लागि निकै नै फाइदाजनक हुनेछ । वास्तवमा आधा घण्टामा तेज गतिले तय गरिएको दुीमा १५० क्यालोरी बर्न हुन्छ । यस्तो गर्नाले तपाईं जिम नगए पनि शरीरको वजनलाई नियन्त्रित गर्न सक्नु हुनेछ ।
प्रकाशित मितिः २०७६ चैत्र ४ मंगलबार