एसईई परीक्षामा विशेष सावधानी अपनाइँदै

भक्तपुर न्यूज

३ चैत २०७६ ७:०२

एसईई परीक्षामा विशेष सावधानी अपनाइँदै

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणबाट जोगिन तथा सहज रूपमा विद्यार्थीलाई एसईई परीक्षा दिने प्रबन्ध मिलाउन परीक्षा केन्द्रमा विशेष सावधानी अपनाइने भएको छ । झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने तथा लाखौँ अभिभावकको चासो हुने एसईईका विद्यार्थीलाई मानसिक रूपमा परीक्षाका लागि तयार पार्न पूर्णसरसफाइ, विद्यार्थीको स्वास्थ्य परीक्षण, परीक्षामा अनावश्यक भीडभाड हुन नदिने लगायतका योजना कार्यान्वयन गर्ने तयारीमा परीक्षा केन्द्र जुटेको बताइएको छ ।

डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्रमा आउँदा घरबाटै पानी ल्याउन, एक अर्कामा धेरै नजिक नहुन, परीक्षामा आउँदा मास्कको अनिवार्य प्रयोग गर्न, साथीसित परीक्षा हलभित्र धेरै नजिक नहुन, शौचालय गएको अवस्थामा साबुनपानी प्रयोग गर्न सुझाव दिएको छ ।

प्रकाशित मितिः २०७६ चैत ०३ सोमबार 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *