दुधपाटीमा रहेका औषधि पसलहरुमा अनुगमन

भक्तपुर न्यूज

१ चैत २०७६ १०:०३

दुधपाटीमा रहेका औषधि पसलहरुमा अनुगमन

भक्तपुर । भक्तपुर नगरपालिका अन्तर्गत् गठित बजार अनुगमन टोलीले शुक्रबार दुधपाटीका औषधि पसलहरुमा अनुगमन गरेको छ ।

वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा जिल्लाका सरोकारवाला निकाय सम्मिलित बजार अनुगमन टोलीले भक्तपुर अस्पताल वरपरका पाँच वटा औषधि पसलमा अनुगमन गरेको हो । सिद्ध पोखरी क्लिनिक, बाराही फर्मेसी, डोेलेश्वर फर्मेसी, अल्फा मेडिकल हल र दीप फर्मा प्रा.लि.मा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बजारमा कोरोना भाइरस (कोभिड–१९) हातबाट सर्न नदिन प्रयोग गर्ने सानिटाइजर अहिले बजारमा नयाँ निस्केको हाण्ड सानिटाईजर जेल नभएको र लगाउँदा तुरुन्त सुक्नु पर्नेमा त्यस्तो नभएको पानी र स्पिरिट मिलाएर मात्र बनाएको नक्कली भनि गुनासो आएकोले नमुना परिक्षणको लागि पचास मिलिलिटरको एक वटा स्याम्पल लिएर सम्बन्धि कम्पनिलाई नगरपालिकामा हाजिर हुन निर्देशन दिएको संयोजक राजकृष्ण गोराले बताए ।

अनुगमन टोलीले सिद्ध पोखरी क्लिनिकमा औषधि अभाव हुन नदिन आवश्यकता भन्दा बढी विक्रि वितरण नगर्ने, औषधि विक्रि गर्दा विल दिने व्यवस्था गर्नुपर्ने, पसलमा बस्ने औषधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र भएको हुनुपर्ने, म्याद नाघेको औषधिको जनाउ दिने कम्युटर प्रणालीको व्यवस्था गर्नु पर्ने सुझाव दिएको छ ।

त्यस्तै बाराही फार्मेसीलाई भक्तपुर नगरपालिकामा उत्तम मेडिकल हलको नाममा दर्ता भएकोले दर्ता प्रमाण पत्रमा नाम सच्याउन, औषधि अभाव हुन नदिन आवश्यकता भन्दा बढी विक्रि वितरण नगर्ने, औषधि विक्रि गर्दा विल दिने व्यवस्था गर्नुपर्ने, पसलमा बस्नेको औषधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र भएको हुनुपर्ने, म्याद नाघेको औषाधिको जनाउ दिने कम्युटर प्रणालीको व्यवस्था गर्नु पर्ने सुझाव दिएको छ ।

डोेलेश्वर फार्मेसीमा औषधि अभाव हुन नदिन आवश्यकता भन्दा बढी विक्रि वितरण नगर्ने, औषधि विक्रि गर्दा विल दिने व्यवस्था गर्नुपर्ने, पसलमा बस्नेको औषधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र भएको हुनुपर्ने, म्याद नाघेको औषधिको जनाउ दिने कम्युटर प्रणालीको व्यवस्था गर्नु पर्ने सुझाव दिएको अनुगमन टोलीले जनाएको छ ।

त्यसैगरी, अल्फा मेडिकल हलमा औषधि अभाव हुन नदिन आवश्यकता भन्दा बढी विक्रि वितरण नगर्ने, औषधि विक्रि गर्दा विल दिने व्यवस्था गर्नुपर्ने, पसलमा बस्नेको औषधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र भएको हुनुपर्ने, म्याद नाघेको औषधिको जनाउ दिने कम्युटर प्रणालीको व्यवस्था गर्नु पर्ने सुझाव दिएको छ ।

दीप फर्मा प्रा.लि.मा औषधि अभाव हुन नदिन आवश्यकता भन्दा बढी विक्रि वितरण नगर्ने, औषधि विक्रि गर्दा विल दिने व्यवस्था गर्नु पर्ने सुझाव दिएको अनुगमन टोलीले जनाएको छ ।

प्रकाशित मितिः २०७६ चैत १ गते शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *