नेशनल प्याव्सन भक्तपुरको नेतृत्वमा खड्का निर्वाचित

भक्तपुर न्यूज

२५ फागुन २०७६ १०:५१

नेशनल प्याव्सन भक्तपुरको नेतृत्वमा खड्का निर्वाचित

भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियन नेपाल (नेशनल प्याब्सन) भक्तपुरमा संजय खड्का निर्वाचित भएको छ । नेशनल प्याब्सन भक्तपुरको पाँचौ जिल्ला अधिवेशनले खड्कालाई निर्वाचित गरेको हो ।

शनिबार सिन्धुलीको मूलकोटमा नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले मदरल्याण्ड स्कुलका प्रिन्सिपल खड्काको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो ।

नवनिर्वाचित समितिमा उपाध्यक्ष पारागन एकेडेमीका पुण्यराम कवां, इमेज स्कुलका शिव कृष्ण कवां, सचिव ईडेन गार्डेन स्कुलका जय प्रकाश राई  रहेका छन् । कोषाध्यक्ष प्रसादी पाठसालाका दिनेश शाक्य, सह सचिव विमल मेमोरियलका कुमार थापा, सह कोषाध्यक्षमा रत्न शिक्षा स्कुलका गीता खड्का रहेका छन् ।

त्यस्तै नवनिर्वाचित सदस्यहरुमा पारीजात स्कुलका विक्रम थापा, युनिटी स्कुलका विपिन गुमान्जु, स्टुडेन्ट एकेडेमीका सुमन शिल्पकार, हिमशिखर स्कुलकी प्रतिमा माक चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष खड्काले निर्वाचित भएलगतै आफूले निजी विद्यालयहरुमा अझै गुणस्तरीय शिक्षाको लागि पहल गर्ने बताए ।

संस्थाका अध्यक्ष जि बि खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा तत्कालीन अध्यक्ष जीबी खड्काको नेतृत्वमा संस्थाको भवन निर्माणका लागि किनिएको जग्गामा सहयोग गर्ने विद्यालयलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मितिः २०७६ फागुन २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *