ह्वाइट सस् क्रीमी पास्ता यसरी बनाउनुहोस् ;

भक्तपुर न्यूज

२५ फागुन २०७६ १०:११

ह्वाइट सस् क्रीमी पास्ता यसरी बनाउनुहोस् ;

काठमाडौं । आवश्यक सामग्री
-पास्ता २०० ग्राम (उमालेर राख्ने)
-तेल दुई चम्चा
-नून एक चम्चा
-मिक्स ह्रब्स एक चम्चा
-ज्वानोको धूलो एक चम्चा

सेतो सस बनाउन आवश्यक सामग्री
-तेल दुई चम्चा
-बटर दुई चम्चा
-लसुन मसिनो गरी काटेर अलिकति
-मैदा दुई चम्चा
-दूध साढे दुई कप
-मरिचको धूलो एक चम्चा
-नून एक चम्चा
-हरियो भेडेखुर्सानी आधा
-रातो भेडेखुर्सानी आधा
-चीज आधा कप

बनाउने विधि

सबभन्दा पहिले एउटा कराहीमा दुई चम्चा तेल हालेर आगोमा राख्नुस् । त्यसमा मिक्स हर्ब्स, ज्वानोको धूलो, रातो भेडेखुर्सानी, हरियो भेडेखुर्सानी र नून हालेर पकाउनुस् ।

अनि त्यसमा उमालेको पास्ता राखेर राम्ररी घालमेल गर्नुस् । सबै कुरा मज्जाले पाकेपछि आगो निभाउनुस् ।

अब ह्वाइट सस बनाउनका लागि अर्को कराही आगोमा राख्नुस् र त्यसमा दुई चम्चा तेल र बटर हाल्नुस् । त्यसमा लसुन राखेर भुट्नुस् अनि मैदा र दूध हालेर गाढा हुन्जेल पकाउनुस् ।

सस गाढा भएपछि त्यसमा नून, ज्वानोको धूलो, मिक्स हर्ब्स र मरिच राखेर राम्ररी मिसाउनुस् । त्यस ससमा चीज र पास्ता राखेर राम्ररी घोल्नुस् ।

प्रकाशित मितिः २०७६ फागुन २५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *