एसईई स्थगित हुने गलत सूचनाको भ्रममा नपर्न शिक्षा मन्त्रालयद्धारा प्रेस विज्ञप्ति जारी
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिने खतराका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको र विद्यालयहरू बन्द गर्ने भन्ने खालका गलत समाचार प्रवाह भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।
शुक्रवार जारी गरिएको विज्ञप्तिमा एसईई पूर्व निर्धारित समयमै हुने उल्लेख छ ।
‘परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्वद्ध सबैमा हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा मन्त्रालयका आधिकारिक वेबसाइटमार्फत सूचना सम्प्रेषण गरिने जनाएको छ ।
यस्तो छ विज्ञप्ति –
प्रकाशित मितिः२०७६ फागुन २३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६