कक्षा ११ र १२ मा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै

भक्तपुर न्यूज

२३ फागुन २०७६ ७:५१

कक्षा ११ र १२ मा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा ५६ हजार सेट प्रश्नपत्र छपाइ गर्ने भएको छ। करिब ९ लाख ७५ हजार विद्यार्थीका लागि उक्त सेटमा प्रश्नपत्र छपाइ गर्ने तयारी भएको हो। प्रश्नपत्र छपाइ आज शुक्रबारबाट हुनेछ। कक्षा ११ मा करिब ५ लाख र १२ मा करिब ४ लाख विद्यार्थीले परीक्षा दिनेछन्।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मासहितको टोली बिहीबार जनक शिक्षा सामग्रीको सुरक्षण मुद्रणालयमा पुग्नेछन्। बोर्डका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले प्रश्नपत्र छपाइको सबै प्रकृया पूरा भइसकेको जानकारी दिनुभयो।

उहाँका अनुसार कक्षा ११ र १२ मा १ सय ९० विषय हुनेछन्। तीमध्ये चारवटा विदेशी विषय रहेका छन्। परीक्षा नियन्त्रक शर्माले यो वर्ष जापानिज, जर्मन र फ्रेन्च विषयका परीक्षा हुने बताउनुभयो। हिन्दी र बौद्ध भाषाको गोन्पा विषयमा परीक्षा दिने व्यवस्था छ। विदेशी विषयमध्ये सबैभन्दा धेरै जापानिज विषयमा ४४ जना रहेका छन्।

फ्रेन्च र जर्मन विषयमा विद्यार्थीको संख्य शून्य रहेको छ भने उर्दुमा ४, हिन्दीमा २, नेवारीमा २ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।

बोर्डका अनुसार आउँदो वैशाख ८ देखि १२ र २१ देखि ११ कक्षाको परीक्षा हुने कार्यतालिका छ। उता चैत ६ गतेदेखि सञ्चालन हुने एसईई परीक्षाको प्रश्नपत्र छपाइ सकिएको छ।

पनिकाका नियन्त्रक रामराज खकुरेलले बुधबारबाट प्रश्नपत्र छपाइको काम सकिएको जानकारी दिनुभयो। परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदैछन्। ती विद्यार्थीका लागि करिब ५० लाख सेट प्रश्नपत्र छापिएको छ।

परीक्षामा १९ सय ९५ परीक्षा केन्द्र कायम गरिएको छ। परीक्षामा नियमिततर्फ ४ लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन्। परीक्षामा सबैभन्दा बढी काठमाडौं र कम मनाङबाट सहभागी हुँदै छन्।

प्रकाशित मितिः२०७६ फागुन २३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *