‘किताबमा कर होइन भन्सार महसुल लगाइएको हो’ : राजस्व विभाग
काठमाडौं । आन्तरिक राजस्व विभागले किताबमा कर नलगाएको जनाएको छ । विभागका महानिर्देशक विनोदबहादुर कुँवरले विदेशबाट आयात गरिएका किताबमा भन्सार महसुल लगाइएको बताए ।
उनले अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न भन्सार शुल्क मात्र लगाइएको बताए । नेपाल आर्थिक पत्रकार समाज र नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा बिहीबार गरेको कार्यक्रममा उनले आयातित किताबमा लगाइएको भन्सार शुल्कलाई कर लगाइएको भनेर बुझ्न नहुने बताए ।
यस्तै पूर्वअर्थसचिव रामेश्वर खनालले पनि किताबमा कर नलगाइएको बताए । उनले विदेशबाट आयातित वस्तुमा भन्सार शुल्क तिर्नैपर्ने बताए । ‘‘किताबमा लगाइएको भनिएको पनि भन्सार शूल्क हो, कर होइन,’’ उनले भने । आन्तरिक उत्पादनमा मात्र कर लाग्ने उनले बताए ।
प्रकाशित मितिः २०७६ फाल्गुन २२ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६