कोरोनाको त्रास : चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गराउने तयारी
काठमाडौं । सरकारको आग्रह पछि कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्रै सम्पन्न गराउने तयारी भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालू शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न आग्रह गरेको थियो ।
यसबारे प्रतिक्रिया दिँदै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन ९एन प्याब्सन० का अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा उत्पन्न स्वास्थ्य सङ्कटलाई ध्यान दिएर सरकार र आफूहरुले चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गराउने तयारी गरेको बताए ।
विद्यालयहरुले यसअघि कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत १३ गतेपछि गर्ने गरी तयारी गरेका थिए ।
प्रकाशित मितिः २०७६ फागुन २१ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६