टेकुमा भर्ना भएका चारैजनामा कोरोना नभएको पुष्टि

भक्तपुर न्यूज

२० फागुन २०७६ १०:०२

टेकुमा भर्ना भएका चारैजनामा कोरोना नभएको पुष्टि

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको आशंकामा टेकुमा राखिएका चार जनामै कोरोना नभएको पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चार जना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएपछि उनीहरुमा कोरोना नभएको पुष्टि भएको हो ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। उनीहरुको रिपोर्ट अस्पतालले केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

चीनबाट एक जना र कोरियाबाट आएका तीन जना गरी चार जनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

प्रकाशित मितिः २०७६ फागुन २० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *