शरीरबाहिर ९ दिनसम्म बाँच्छ कोरोनाभाइरस !

भक्तपुर न्यूज

१८ फागुन २०७६ ११:२०

शरीरबाहिर ९ दिनसम्म बाँच्छ कोरोनाभाइरस !

काठमाडौँ । अहिले संसारका धेरै देशले कोविड–१९ अर्थात् कोरोनाभाइरसको कहरको सामना गरिरहेका छन् । एक अध्ययनले कोरोनाभाइरस मानिसको शरीरबाहिर पनि नौ दिनसम्म बाँच्ने देखाएको छ ।

निर्जीव कुराहरूको सतहमा पनि कोरोनाभाइरस नौ दिनसम्म बाँच्छ । तर अनुसन्धाताहरूका अनुसार, सामान्य स्यानिटाइजर र फ्लोर क्लीनरहरूको उपयोग गरेर कोरोनाभाइरस सिध्याउन सकिन्छ । २२ वटा अध्ययनपछि गरिएको विश्लेषण जर्नल अफ इन्फेक्सनमा प्रकाशित छ ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनका निर्देशकले तामा र स्टीलको सतहमा कोरोनाभाइरस दुई घन्टासम्म बस्न सक्ने बताएका छन् । अनि कार्डबोर्ड र प्लास्टिकमा चाहिँ लामो समयसम्म भाइरस जीवित रहन्छ ।

संक्रमित व्यक्तिले छोएको कुनै पनि सामानले पनि अन्य व्यक्तिलाई संक्रमण गराउन सक्छ । कुरियर गरेर पठाएको सामान डेलिभर हुन धेरै दिन लाग्ने भएकाले कुरियरमा भाइरसको खतरा कम हुन्छ ।

प्रकाशित मितिः २०७६ फागुन १८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *