यी तरकारीहरु जसले सुगर ह्वात्तै बढाउँछ

भक्तपुर न्यूज

१५ फागुन २०७६ ११:३४

यी तरकारीहरु जसले सुगर ह्वात्तै बढाउँछ

काठमाडौं । व्यस्त जीवनशैली र अव्यवस्थित खानपानको कारण मधुमेह अर्थात् सुगर रोगको प्रकोप ह्वात्तै बढेको छ । पहिला ५० वर्षको उमेरपछि मात्र देखिने यो रोग अहिले ३० वर्ष देखि नै देखिन थालेको छ ।

मधुमेहले सताएपछि यो रोगबाट पार पाउन सम्भव छैन । यसको एकमात्र विकल्प भनेको मुख बार्ने नै हो । सन्तुलित रुपमा खाना खाएमा सुगरले शरिरलाई त्यति हानी गर्दैन । सामान्यतया मधुमेहका बिरामीहरु भात र चिनीमा विशेषरुपले मुख बारेको पाइन्छ । यो कदम सहि भएपनि पर्याप्त भने होइन । हामीले प्रयोग गर्ने तरकारीहरुबाट पनि रगतमा सुगरको स्तर बढ्ने हुँदा यसप्रति सचेत हुनु जरुरी छ ।

सुगर बढाउने तरकारीहरु यस्ता छन्-

१. चुकन्दर

शरिरको लागि चुकन्दर उपयोगी भएपनि यसमा सुगरको मात्रा बढि हुने हुनाले मधुमेहका बिरामीले यसको प्रयोग नगरेको राम्रो हुन्छ ।

२. सिमी

हरियो तरकारी भएर पनि यसमा स्टार्चको मात्रा धेरै हुने हुनाले यसको प्रयोगबाट सुगर ह्वात्तै बढ्छ । सिमी असाध्यै मन पर्नेले उमालेर थोरै मात्रामा यसको प्रयोग गर्दा त्यति हानी भने हुँदैन ।

३. स्वीट कर्न

नास्ताको लागि उपयुक्त हुने भएपनि स्वीट कर्नमा कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छ । मधुमेहका बिरामीको लागि यो उपयुक्त छैन ।

४. गोलभेंडा

बहुउपयोगी गोलभेंडामा साइट्रीक एसिडको मात्रा धेरै हुन्छ । साथै यसमा केहि सुगर पनि भएकोले यसको प्रयोग थोरै मात्र गर्नुपर्छ ।

५. आलु र शखरखण्ड

आलु र शखरखण्डमा अत्याधिक कार्बोहाइड्रेट हुनाले पनि यो मधुमेहका रोगीलाई उपयुक्त छैन । यसको प्रयोग गर्नै परेमा उसिनेर र कागती मिसाएर थोरै मात्र खान सकिन्छ ।

६. पाकेको फर्सी

गुलियो स्वादको हुने पाकेको फर्सीमा प्रशस्तै कार्बोहाइड्रेट हुनाले पनि मधुमेहको बिरामी यसको प्रयोगबाट टाढै बस्नु पर्छ । कहिलेकाहीं थोरै मात्रामा खाएमा यसले त्यति नोक्सान भने नगर्ने दाबी गरिएको छ ।

मधुमेह रोग सकेसम्म लाग्नै नदिनु राम्रो हो । लागिहालेमा पनि मुख बार्दै सन्तुलित आहार खाएमा यो रोगले शरिरलाई ठुलो नोक्सान पार्दैन । संयमित भएर कार्बोहाइड्रेटको प्रयोगबाट जोगिदैं प्रोटिनको प्रयोगमा ध्यान केन्द्रित गर्दा यो रोगलाई नियन्त्रण गर्न सकिने जानकारहरु बताउँछन् । (एजेन्सी)

प्रकाशित मितिः २०७६ फागुन १५ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *