सरसफाईको विशेष ध्यानले घरमा सकारात्मक ऊर्जा

भक्तपुर न्यूज

१३ फागुन २०७६ १०:०४

सरसफाईको विशेष ध्यानले घरमा सकारात्मक ऊर्जा

काठमाडौँ । घरमा राखिएको वस्तुका लागि शुभ-अशुभ दिशाबारे वास्तुमा जानकारी दिइएको हुन्छ । वास्तुमा नकारात्मकतालाई टाढा राख्न र सकारात्मकता बढाउने टिप्स पनि बताइएको छ । कोलकाताकी वास्तु विशेषज्ञ डा. दीक्षा राठीले वास्तुबारे केही विशेष जानकारी दिएकी छिन्, यी टिप्सबारे जानकारी लिऔंः

– घरको मेन गेट र भित्रका कोठा सधैं सफा राख्नुपर्छ । मेन गेटमा राती पनि पर्याप्त प्रकाश   हुनुपर्छ । यस्तो गर्दा घरमा सकारात्मक ऊर्जा बढ्छ । फोहोरका कारण वास्तु दोष बढ्ने   गर्छ । त्यसकारण  सर-सफाईको विशेष ध्यान राख्नुहोस् ।

– दिनभरी कुनै पनि समयमा घरमा सूर्यको प्रकाश पर्छ भने यसले थुप्रै वास्तु दोष समाप्त   हुन्छ । यदि घरमा सूर्यको प्रकाश आउँदैन भने नकारात्मकता रहिरहन्छ ।

 – मुख्यद्वारमा भगवान गणेशको मूर्ती वा तस्बिर राख्नुपर्छ । ढोकामा ॐ पनि लेख्न   सकिन्छ ।
यी शुभ चिन्हले घरमा सकारात्मकता रहिरहन्छ । ढोकाको ठिक अघि फूलको सुन्दर फोटो
राख्नुहोस् ।

– सूर्यास्तपछि घरलाई अँध्यारो पार्नु हुँदैन । केही समयका लागि सही पूरा घरलाई उज्यालो
बनाउनुपर्छ ।

– घरमा बादविवादको स्थिती पैदा हुन दिनु हुँदैन । शान्ति स्थापित गर्नुपर्छ । झैझगडाले
नकारात्मकता बढाउँछ । यसले मानसिक तनाव बढाउँछ ।

– घरको आसपास कुनै सुख्खा रुख वा ठुटो छ भने त्यो तुरुन्त हटाउनुपर्छ । यसका कारण   वास्तु दोष बढ्छ ।

– दैनिक बिहान चाँडै उठाउनुपर्छ र नुहाएपछि सूर्यलाई जल चढाउनुपर्छ । बिहान बेलुकी   घरमा केही
बेरका लागि मन्त्र जप गर्नुहोस् । मन्त्र जप गर्दा वातावरणमा सकारात्मकता बढ्छ । मनको
नकारात्मक विचार भाग्ने गर्छ । एजेन्सी

प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *