शिवालय माविका विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

भक्तपुर न्यूज

१३ फागुन २०७६ ६:१७

शिवालय माविका विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

पोखरा । रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम दिइएको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई अन्तिम परीक्षा र एस. ई. ई.लाई लक्षित गरी ३ दिनसम्म तालिम सञ्चालन गरिएको हो ।

प्रशिक्षक कविता राईले आत्म जागरण, अन्तर वैयक्तिक सम्बन्ध, सिर्जनशील सोचाइ, समालोचनात्मक सोचाइ, निर्णय क्षमता, सकारात्मक सोच, समस्याको समाधान गर्ने सीपलगायतका विषयमा तालिम दिएकी थिइन् ।

क्यारिन नेपाल र साथी नेपालको सहयोगमा भएको तालिमको उद्घाटन रुपा गाउँपालिका वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेतीले गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत विकास पौडेल, दानबहादुर भुजेल, विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, सहायक प्रधानाध्यापक ऋषिराम ओझालगायतले शुभकामना दिएका थिए । प्रशिक्षार्थीहरुका तर्फबाट बोल्दै छात्रा आरती सुर्खाली र छात्र कल्पित ओझाले तालिमले आफूहरुमा व्यावहारिक परिवर्तन ल्याउने सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *