शरीरको शुद्धिकरण गर्ने एक सरल विधी

भक्तपुर न्यूज

२८ माघ २०७६ १०:१६

शरीरको शुद्धिकरण गर्ने एक सरल विधी

काठमाडौँ । अचानक हामीमा आलस्य अनुभव हुन्छ ? अचानक अनुहारमा दाग, धब्बा देखापर्छ ? पाचन तन्त्र गडबडी हुन्छ ?

यदि त्यसो हो भने, हाम्रो शरीरमा विषाक्त तत्व बढेको छ । अब के गर्ने त ? कसरी शरीरबाट विषाक्त पदार्थ निकाल्ने ? कसरी शरीर शुद्धिकरण गर्ने ? यहाँ सामान्य विधी दिइएको छ ।

१. बिहान मनतातो पानीमा कागतीको रस हालेर सेवन गरौं । दिनमा दुई वा तीन पटक ग्रीन टि सेवन गरौं । ग्रीन टिमा एन्टिअक्सिडेन्ट हुन्छ, जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

२. थोरै पानीमा दालचीनीलाई भिजाएर रातभर राख्ने । यसलाई विहान उठेपछि थोरै अदुवा मिश्रण गरेर पिउनुपर्छ । यसले शरीरमा मेटाबोलिज्म वृद्धि हुन्छ र शरीरको मोटोपन कम हुन्छ ।

३. राती सुत्नुअघि अलैंची, मरिच, जिरा, धनियाको बिज पानीमा डुबाउने । बिहान उठेर यस मिश्रणलाई राम्ररी उमालेर पिउनुपर्छ ।

४. लसुनमा प्राकृतिक एन्टिबायोटिक गुण हुन्छ । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ ।

५. मौसमी फलफूल स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । फलमा भिटामिन, फाइबर र आवश्यक पोषक तत्व हुन्छ, जो हामीलाई तन्दुरुस्त बनाउँछ ।

सामग्री

– १/३ कप पानी

– १ टुक्रा अदुवा

– १ टुक्रा कांक्रा

– १ मुठा थनिया

– एक वटा कागति

 कसरी बनाउने ?

– धनियालाई मसिनो टुक्रा गर्ने ।

– कांक्रलाई पनि टुक्रा गर्ने ।

– सबै सामाग्री ब्लेन्डरमा हालेर मिक्स गर्ने ।

– अब यो पेय पिउनका लागि तयार भयो ।

– यसमा स्वादको लागि मह पनि मिसाउन सकिन्छ ।

 हरेक रात सुत्नुअघि यस पेय पिउनुपर्छ । केहि दिनमा बेग्लै अनुभव गर्न सकिनेछ ।

 यी कुराबाट बचौं

– गुलियो खानेकुराबाट बचौं । चिनीको सेवन सकेसम्म कम गरौं ।

– मदिराजन्य पदार्थबाट बचौं । सूर्तिजन्य एवं धुमपान सेवन नगरौं ।

– बजारमा पाइने सब्जीहरुमा विषाक्त पदार्थ अधिक हुन्छ । सकेसम्म अग्र्यानिक       खानेकुरामा
जोड दिनुपर्छ ।

– बजारमा पाइने प्रशोधित खानेकुरा, चाउचाउ, विस्कुट, पानीपुरी, चटपटे, पकौडा, समोसा   आदि खानेकुराले शरीरलाई विषाक्त बनाउँछ ।

प्रकाशित मितिः २०७६ माघ २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *