चीनमा कोरोना भाइरस लागेका बिरामीहरुलाई कछुवाको मासु
काठमाडौँ । चीनमा कोरोना भाइरसले महामारीको रुप लिएको छ । यसको संक्रमणबाट मर्नेको संख्यामा लगातार वृद्धि हुदै गएको छ । यसैबीच, चीनमा कोरोना भाइरससंग लड्नका लागि बिरामीहरुलाई कछुवाको मासु दिन थालिएको छ । अति तिव्र रुपमा फैलदै गएको कोरोना भाइरसको प्रकोपका कारण मर्नेहरुको संख्या बढेर ९ सय पुगिसकेको छ भने झण्डै ४० हजार मानिसहरु यसबाट संक्रमित भएको पुष्टि भएको छ ।
यसै बीच कोरोना जस्तो घातक भाइरसको गढ वुहानमा बिरामीहरुलाई यस भाइरससंग लड्नका लागि कछुवाको मासु खान दिइरहेको छ । वुहानका अस्पतालहरुमा यस निर्णयका लागि विशेषज्ञहरुले गम्भीर प्रश्न उठाइरहेका छन् । किन भने चमेरोको सूप पीउनाले नै कोरोना भाइरस मानिसहरुमा फैलिएको मानिन्छ ।
डिनरमा कछुवाको मासु खान दिइयो
डेलीमेलको रिपोर्टका अनुसार हुबेई प्रान्तको राजधानी वुहानका अस्पतालहरुमा भिन्दा-भिन्दै राखिएका बिरामीहरुलाई कछुवाको मासु रातीको खानामा खान दिने गरिएको छ । चिनियाँ सञ्चारमाध्यमहरुमा जारी एउटा भिडियोमा एक जना व्यक्तिले खानामा नरम कवच भएको कछुवाको मासु खान दिएको दावी गरेका छन् । चीनको परम्परागत चिकित्सा विज्ञानमा कछुवाको मासुलाई पोषक तत्वहरुले भरिपूर्ण मानिन्छ ।
प्रोटीनले भरिपूर्ण हुन्छ कछुवाको मासु
चीनमा पाइने कछुवा प्रोटीनले भरिपूर्ण हुन्छ भन्ने मान्यता त्यहा“का मानिसहरुको रहेको छ । जसलाई खानाले यहा“का बिरामीहरु छिट्टै निको हुन्छन् । यी कछुवाहरुलाई जंगल अथवा प्रजनन केन्द्रहरुबाट ल्याइन्छ र स्वादिष्ट सूप बनाउनका लागि पानी भित्र हालिन्छ । चिनियाँ मीडियामा कछुवाको सूपको यो भिडियो तिव्र रुपमा भाइरल भैरहेको छ । जसलाई कोरोना भाइरसको सामना गर्नका लागि बनाइएको अस्थायी अस्पतालमा खिचिएको थियो ।
प्रकाशित मितिः २०७६ माघ २८ मंगलबार