खाली पेटमा ‘ग्रीन टी’ को सेवनले खतरनाक हुनसक्छ
काठमाडौँ । पेटको बोसो घटाउनको लागि महिलाहरु प्रायः ‘ग्रीन-टी’ पिउने गर्छन् । तर एक वा दुई कपभन्दा बढी ग्रीन-टीले शरीरलाई फाइदाभन्दा बढी नोक्सान गर्ने डाक्टरहरु बताउँछन् । धेरै वटा देशमा गरिएको अनुसन्धानमा ग्रीन-टीमा भएको क्याफिनले भोक नियन्त्रण गरे पनि यसले शरीरमा अन्य समस्याहरु पैदा गराउँछ ।
अनुसन्धानका अनुसार ग्रीन-टी खाली पेटमा पिउनु हुँदैन । यो असर सीधा मेटाबोलिज्ममा पर्छ । जसले पेट पोल्ने, भोक नलाग्ने र एसिड उत्पन्न गराउँने जस्ता समस्याहरु पैदा गराउँछ । ग्रीन-टीसँग सधैँ हल्का ठोस पदार्थ सेवन गर्न विशेषज्ञहरुले सल्लाह दिएका छन् ।
यसैगरी, खाना खाइसकेपछि ग्रीन-टी पिउँदा पेट राम्रोसँग सफा हुने र तौल पनि नियन्त्रण हुन्छ ।
तर, खाली पेटमा ग्रीन-टी पिउँदा शरीरमा रगतको कमी आउँछ । खाली पेटमा २ वा ३ कप ग्रीन-टी पिउँदा शरीरमा रगतको कमी हुने गर्छ ।
धेरै मात्रामा ग्रीन-टी पिउँदा शरीरमा पानीको मात्रा कम हुन जान्छ । जाडोमा मानिसहरु पानीको सेवन कम गर्ने गर्छन् । त्यसैले आवश्यकताभन्दा बढी ग्रीन-टीले शरीरमा पानीको मात्रा कम गराउँछ र डिहाइड्रेशन गराउँछ । ग्रीन-टीमा पाइने मष्गचभतष्अ तत्वले शरीरमा पानीको मात्रा कम गराउँछ ।
जो मानिस अत्याधिक मात्रामा ग्रीन-टी पिउने गर्छन् ति मानिसहरुमा माइग्रेन र टाउको दुख्ने समस्या देखापर्छ । कहिलेकाँही टाउको दुखाईको कारण रक्तचाप उच्च हुन सक्छ ।
यसैगरी, कुनै महिलालाई ग्रीन-टी सेवन गर्दा अनुहारमा एक्नीको समस्या आउने गर्छ । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ २७ सोमबार