चीनबाट नेपालीलाई ल्याउन फागुन ३ गते वाइडबडी जाने

भक्तपुर न्यूज

२७ माघ २०७६ ११:२३

चीनबाट नेपालीलाई ल्याउन फागुन ३ गते वाइडबडी जाने

काठमाडौं । स्वासथ्य तथा जनसङ्ख्या मन्त्रालयले चिनबाट नेपाल ल्याउने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ। मन्त्रालयको प्रवक्ता सागर दाहालले ६० जना स्वासथ्यकर्मीलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको बताए।

दाहालका अनुसार क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले आज (सोमबार) अभिमुखीकरण तालिमसमेत दिदै छ।

तालिममा क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अवस्थम आइलागेमा के गर्ने भनेर सिकाउने उनले जानकारी दिए। तालिम आज २ बजे इपीडीयोलोजी तथा रोग नियण्त्रण महाशाखा टेकुमा हुँदैछ।

नेपालीलाई ल्याउन फागुन ३ गते वाइडबडी चीन जाने
निगरानीमा खटिने ६० जना स्वासथ्यकर्मी फरक-फरक अस्पतालमा कार्यरत रहेको शुक्रराज ट्रपिकल तथा सरवा रोग केन्द्रका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिए ।

मन्त्रालयले छुट्याएको ६० जनामा मेडिकल अफिसर, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पारामेडिक्स लगायतका स्वास्थ्यकर्मी छन्। चीनमा विद्यार्थी लिन कहिले जाने भन्ने टुंगो भने आजको मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने मन्त्रालयका प्रवक्ता दाहालले सुनाए।

चीनको वुहानमा रहेका १८० जना विद्यार्थीलाई सरकारले नेपाल ल्याउने तयारी गरेको छ।

गत बिहीबारको मन्त्रिपरिषदको बैठकले भक्तपुरको खरीपाटीमा क्वारेण्टाइनमा राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मितिः २०७६ माघ २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *