“मेडिकल कलेजले सहमतिविपरीत बढी शुल्क लिइरहेका छन्” : सांसद संग्रौला
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उनले मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
निजी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै यसअघि आवाज उठ्दै आएको, अभिभावक, कलेज सञ्चालक र सरकारबीच बढी शुल्क लिने सहमति भए पनि मनपरि भइरहेको उनले बताइन् । “सहमतिविपरीत कलेजहरुले बढी शुल्क लिइरहेका छन् । सरकारले आफूसँग भएको सहमति कार्यान्वयन भयो कि भएन सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,”उनले भनिन् ।
त्यस्तै, उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. कृष्ण गिरीको योग्यताको विषयमा प्रश्न उठेको भन्दै छानबिन गर्न पनि माग गरिन् ।
प्रकाशित मितिः २०७६ माघ २१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६