परीक्षा बोर्डबाट ‘विज्ञ’ झिक्ने , प्रशासक राख्ने

भक्तपुर न्यूज

२१ माघ २०७६ ६:३२

परीक्षा बोर्डबाट ‘विज्ञ’ झिक्ने , प्रशासक राख्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा विज्ञ रहने प्रावधान हटाएर शिक्षा मन्त्रालयका सचिव रहने व्यवस्थाका साथ नयाँ कानुनको मस्यौदा गरिएको छ ।यसअघि सार्वजनिकरुपमै निवेदन माग गरी उत्कृष्ट कार्ययोजना प्रस्तुत गर्ने विज्ञमध्ये एक जनालाई अध्यक्ष नियुक्त गरिने व्यवस्था थियो ।

सरकारले दुई वर्षअघि बोर्डको अध्यक्षमा विज्ञ नियुक्ति गरेको थियो । मन्त्रालयका सचिवको दबाबका कारण सरकारले फेरि कर्मचारीकै अध्यक्षतामा बोर्ड बनाउने तयारी गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७६’ मा बोर्डको अध्यक्ष सचिवलाई बनाउने तयारी गरेको हो ।

शिक्षा ऐनको नवौं संशोधन गरी बोर्डको अध्यक्षमा मन्त्री रहने व्यवस्था खारेज गरी लोकसेवा आयोगका अध्यक्ष संयोजक रहेको समितिले छनोट गरेको व्यक्तिलाई अध्यक्ष नियुक्ति गर्ने व्यवस्था लागू गरिएको थियो ।

प्रकाशित मितिः २०७६ माघ २१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *