सुल्झिएन केयूको विवाद

भक्तपुर न्यूज

१४ माघ २०७६ ७:३६

सुल्झिएन केयूको विवाद

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउने विषयमा छलफल गर्न सोमबार गरिएको विशेष सभा बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली र शिक्षामन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेल सहभागी सभाले प्राध्यापक तथा कर्मचारीका मागबारे निचोड निकाल्न नसकेपछि २१ गते अर्को विशेष सभा बस्ने गरी स्थगित गरिएको हो ।

प्राध्यापक र कर्मचारी संघलाई मान्यता दिनुपर्ने मागसहित विश्वविद्यालयमा २७ दिनअघि तालाबन्दी गरिएको हो । दुवै संघलाई मान्यता दिनुपर्ने विषयलाई सोमबारको सभाको पहिलो एजेन्डामा राखिएको थियो । कुलपति ओलीले दुवै संघलाई विश्वविद्यालयका निकायमा प्रतिनिधित्व गराउने पक्ष र विपक्षमा रहेका सदस्यहरूको कुरा सुनेपछि थप छलफलका लागि भन्दै अर्को सभा डाक्ने निर्णय सुनाएका थिए ।

कुलपतिले विशेष सभा डाकेर माग सम्बोधनको प्रक्रिया थालेका भन्दै आन्दोलनरत पक्षले मंगलबारदेखि शैक्षिक कार्यक्रम सुचारु गर्ने जनाएको छ । विश्वविद्यालय प्रशासन हाम्रो माग पूरा गर्न सकारात्मक छैन, सहमति हुन सकेन, पुनः डाक्ने गरी विशेष सभा स्थगित भयो,’ प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले भने, ‘त्यतिबेलासम्मका लागि पठनपाठन सुचारु गर्ने वातावरण बनाउँछौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मितिः २०७६ माघ १४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *