नेविसंघका दुई समुहबीच झडप , दर्जनौँ घाइते
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो नेविसंघका दुई समुहबीच झडप भएको छ।३२ वर्षीय उमेर हद लागू गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल विद्यार्थी संघका दुई समुहबीच झडप भएको हो । अनसन बसिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थी कुन्दनराज काफ्ले समुहमाथि सभापति शेरबहादुर देउवा पक्षका नेविसंघ विद्यार्थीले आक्रमण गरेका हुन्।
झडपका क्रममा एक दर्जन भन्दा बढि विद्यार्थी तथा नेता कार्यकर्ता घाईते भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा दुवै पक्षबीच ढुंगा हानाहान र मुक्कामुक्की भएपछि प्रहरीले हस्तक्षेप गरेको छ। थप झडप हुन नदिन प्रहरीले नेविसंघका कुनै पनि कार्यकर्तालाई कांग्रेस केन्द्रीय कार्यालय प्रवेश गर्न दिएको छैन।
प्रकाशित मितिः २०७६ माघ १३ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६