शिक्षकको कुटाईबाट बालकको हात भाँचियो

भक्तपुर न्यूज

१३ माघ २०७६ ९:०३

शिक्षकको कुटाईबाट बालकको हात भाँचियो

सिरहा । गृहकार्य नगरेको भन्दै सिरहाको मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत बालकलाई शिक्षकले कुट्दा हात भाँचिएको छ । पाठशालाको छात्रावासमा रहेर अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो ।

कक्षा ६ मा अध्ययन गर्दै आएका ऋतिकलाई नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै आइतबार लट्ठीले कुट्दा उनको हात भाँचिएको बालकका बुवा बसन्त यादवले जानकारी दिएका छन् ।

ऋतिकको उपचार उनकै परिवारले गराएको छ । अहिले ऋतिक घरमा नै आराम गरिरहेको छ । ऋतिकका बुबा बसन्तले आफ्ना छोरालाई कुट्ने शिक्षकविरुद्ध प्रहरीमा जाहेरी दिने बताएका छन् ।

प्रकाशित मितिः २०७६ माघ १३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *