उपमहानगरले सञ्‍चालन गर्‍यो मेट्रो कलेज

भक्तपुर न्यूज

८ माघ २०७६ ९:४६

उपमहानगरले सञ्‍चालन गर्‍यो मेट्रो कलेज

दाङ । तुलसीपुर उपमहानगरपालिकाले मेट्रो कलेज स्थापना गरेको छ। बुधबार एक समारोहबीच प्रदेश नं ५ मा मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन्। स्नातक तहको वन विज्ञान अध्ययन गराउने गरी उपमहानगरले पोलिटेक्निक इन्स्टिच्युट (तुलसीपुर मेट्रो कलेज) सञ्चालनमा ल्याएको हो।

यसै शैक्षिक सत्रदेखि पढाई सुरु गरेको उक्त कलेजको स्वामित्व उपमहानगरकै हो। तुलसीपुर–१२ हरिपौरामा स्थापना भएको कलेजमा अहिले वन विज्ञानका ३० जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्। बहुप्राविधिक शिक्षालयको उद्देश्य लिएर मेट्रो कलेज स्थापना गरिएको र आगामी वर्षदेखि थप संकायहरु स्थापना गरिने उपमहानगर प्रमुख घनश्याम पाण्डेले बताए। उनले नगरको शिक्षाको गौरवका रुपमा कलेज रहेको बताए।

कलेजको उद्घाटन गर्दे मुख्यमन्त्री शंकर पोख्रेलले नगरले मेट्रो कलेजलाई सुन्दर उपहारका रुपमा पाएको बताए। उनले नमुनाका रुपमा सञ्चालन हुने कुरामा आफु ढुक्‍क भएको विशवास व्यक्त गरे। ‘अहिले न्वारण मात्रै भएको छ, यसमै रहेर समिक्षा गर्नु गलत हुन्छ’ उनले भने ‘मास्टर प्लान हेरेर समिक्षा गरौं। उनले अहिले पनि प्रदेशले १० करोड सहयोग गरेको भन्दै आगामी दिनमा शिक्षाको विकास र समृद्धिका लागि लगानी बढाउने बताए।

प्रकाशित मितिः २०७६ माघ ०८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *