प्रदेशको नाम र राजधानी तोकेको खुशियालीमा बिद्यालय बन्द

भक्तपुर न्यूज

२८ पुष २०७६ ८:११

प्रदेशको नाम र राजधानी तोकेको खुशियालीमा बिद्यालय बन्द

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ६ स्थित निजी तथा सामुदायिक बिद्यालयहरूमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश ३ को नाम र राजधानी तोकेको खुशियालीमा वडा कार्यालयले बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

‘३ नम्बर प्रदेशको नाम बागमती र राजधानी हेटौंडा भएको सुखद उपलक्ष्यमा यस वडाभित्र रहेका निजि तथा सामुदायिक बिद्यालय पुस २८ गतेका दिन पठनपाठन बन्द हुने व्यहोरा जानकारी गराइन्छ ।’ वडा कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै हेटौडालाई प्रदेश राजधानी तोकेपछि मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका ६ मा खुशियाली मनाइएको छ । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा स्थानीयले दिप प्रज्वलन गरी खुशियाली मनाएको वडाध्यक्ष शशिधर सुबेदीले जानकारी दिए  ।

सरकारले आइतबार प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा तोकेको थियो ।

प्रकाशित मितिः २०७६ पौष २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *