जनमैत्री बहुमुखी क्याम्पस क्यूएए प्रमाणित

भक्तपुर न्यूज

१४ पुष २०७६ ९:४४

जनमैत्री बहुमुखी क्याम्पस क्यूएए प्रमाणित

काठमाडौँ । जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन) भनिने उक्त प्रमाणपत्रले क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै  गुणस्तरीय पढाइ तथा शैक्षिक क्रियाकलाप हुने कुरालाई प्रमाणित गरेको छ ।

काठमाडौं उपत्यकामा क्यूएए प्रमाणपत्र पाउने पहिलो उच्च शैक्षिक संस्थाहरुमध्ये जनमैत्री एक हो । २०४७ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापित यो क्याम्पसले गुणस्तरीय तथा दक्ष जनशक्ति उत्पादनमा योगदान दिँदै आएको छ । क्यूएए पाउनका लागि क्याम्पसले नीति तथा प्रक्रिया, पाठ्यक्रम, अध्ययन अध्यापन तथा मूल्यांकन, अनुसन्धान, परामर्श तथा विस्तार, पूर्वाधार तथा सिकाई स्रोत, भौतिक सुविधा तथा पाठ्यसामग्री, विद्यार्थी मागनिर्देशन, सूचनाप्रणाली र जनसम्पर्क गरी आठ शीर्षकमा आफूलाई अब्बल साबित गरेको जनाएको छ ।

युजीसीले २०७३ सालमा जनमैत्री बहुमुखी क्याम्पसको प्रिभिजिट गरेर सुधार गर्नुपर्ने केही कामहरु औंल्याएको थियो । तीमध्ये भवन तथा अन्य पूर्वाधार निर्माणको कार्य प्रमुख थियो । २०७२ सालको विनाशकारी भूकम्पमा आफ्ना सबै भवन र कक्षाकोठा गुमाएकाले क्याम्पसका लागि पूर्वाधार निर्माण गर्नु चुनौतिपूर्ण थियो । जसले क्यूएए पाउने सपनालाई केही वर्ष पछि धकेलेको थियो । तर, निरन्तर प्रयासले क्याम्पसले आवश्यक लगभग सबै पूर्वाधारहरु निर्माण सम्पन्न गरेको क्याम्पस प्रमुख भोलानाथ ओझाले बताए ।

प्रकाशित मिति : २०७६ पौष १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *