‘अष्ट्रेलियन एजुकेसन फेयर’ १३ जनवरीमा हुने
काठमाडौं । हब इन्टरनेसन एजुकेसनले अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा उनीहरुका अभिभावकलाई लक्षित गर्दै अष्ट्रेलियन एजुकेसन फेयर गर्ने भएको छ । १३ जनवरीमा हुने यो फेयरमा अष्ट्रेलिया जान चाहने विद्यार्थीले सम्पूर्ण जानकारी पाउन सक्ने हबले जनाएको छ ।
१४ वर्षदेखि अष्ट्रेलियन शिक्षाबारे नेपालमा परामर्श दिँदै आएको हबले विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु राखेर फेयर आयोजना गर्न लागेको हो । यसले अहिले सात देशमा आफ्ना शाखा सञ्चालन गर्दै आएको छ ।
अष्ट्रेलियाको पर्थमा कर्पोरेट अफिस राखेको हबले यो फेयरमा १५ भन्दा धेरै विश्वविद्यालयका तर्फबाट प्रतिनिधि आउने जनाएको छ ।
फेडेरेसन विश्वविद्यालय, जेम्स कुक विश्वविद्यालय, साउदर्न क्रस विश्वविद्यालय, बक्स हिल टाफे, एक्सेल्सिय कलेजलगायतका शिक्षण संस्थाको सहभागिता रहने यो फेयरमा बि्रटिस काउन्सिल र बैंक अफ काठमाडौं पनि सहभागी हुँदैछन् ।
‘अहिले पनि विद्यार्थीहरुमा अष्ट्रेलिया जाने विषयमा भ्रमहरु रहेका हुन्छन्,’ हबका प्रबन्ध निर्देशक उद्धवबहादुर खड्काले भने, ‘ती भ्रमहरु र उनीहरुमा भएको अन्योल हटोस् भन्नका लागि यो मेला आयोजना गरेका हौँ । मेलामा सहभागी हुने विद्यार्थीहरुका लागि बिभिन्न लोभ्याउने अवसरहरु पनि छन् ।’
उनले ५० प्रतिशतसम्म छात्रवृत्ति, आवेदन शुल्क निःशुल्क तथा आइइएलटिएस लगायतमा विशेष छुट विद्यार्थीहरुले पाउने पनि बताए । हब कम्प्लेक्स बागबजारमा हुने यो फेयरमा जाने विद्यार्थीहरुले विशेष गिफ्ट ह्याम्पर पनि पाउने छन् ।
प्रकाशित मितिः २०७६ पुस १३ आइतबार