चिसो बढेपछि विद्यालय बन्द

भक्तपुर न्यूज

७ पुष २०७६ ६:३७

चिसो बढेपछि विद्यालय बन्द

झापा । चिसो अत्यधिक बढेपछि दमक नगरपालिकाभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द भएका छन्। केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकाले दैनिक पठनपाठनमा असहज भएको हुँदा सोमबारदेखि बुधबारसम्मका लागि नगरका सबै विद्यालय बिदा गरिएको हो।

अन्य बिदामा मिलान गर्ने गरी बिदा दिने निर्णय गरिएको नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी जानकारी गराइएको छ। त्यस सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएको जनाइएको छ। यसअघि जिल्लाकै गौरीगञ्ज गाउँपालिकाले पनि जाडोका कारण दैनिक पठनपाठन सञ्चालन गर्न कष्टकर भएको भन्दै आगामी मंगलबारसम्मका लागि तीन दिन नै विद्यालय बिदा गर्ने सार्वजनिक गरिसकेको छ।

प्रकाशित मितिः २०७६ पौष ७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *