भौतिकशास्त्रको प्रश्नपत्र विवाद

भक्तपुर न्यूज

२७ मंसिर २०७६ ११:००

भौतिकशास्त्रको प्रश्नपत्र विवाद

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले विवादित प्रश्नपत्रको विषयमा अनुसन्धान गर्न कागजात नियन्त्रणमा लिएको छ ।

भौतिक शास्त्र स्नातकोत्तर तह पहिलो सेमेस्टरका विद्यार्थीले क्वान्टम मेकानिक्स (आई फिजिक्स– ५०३) विषयको परीक्षामा ३० भन्दा बढी नम्बरको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट सोधिएको भन्दै गत पुस २९ गते ताहचल केन्द्रका विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका थिए ।

साथै उनीहरुले अख्तियार र सतर्कता केन्द्रलाई उजुरी दिएका थिए । यही विषयमा अनुसन्धान गर्न भौतिकशास्त्र केन्द्रीय विभागबाट केही कागजपत्र प्राप्त भएको सतर्कता केन्द्रका इन्सपेक्टर बुद्धि खनालले जानकारी दिए ।

यस विषयमा अनुसन्धान गर्न डिन कार्यालयबाट थप कागजात आवश्यक पर्ने उनले बताए । ‘डिन कार्यालयको कागजात आइतबारमात्र प्राप्त हुनेछ । त्यसपछि अनुसन्धान सुरु गर्नेछौं’ उनले भने ।

प्रकाशित मितिः २०७६ मंसिर २७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *