त्रिवि सेवा आयोगले माग्यो ७ सय बढी कर्मचारी

भक्तपुर न्यूज

१५ मंसिर २०७६ १०:२१

त्रिवि सेवा आयोगले माग्यो ७ सय बढी कर्मचारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ७ सयभन्दा बढी पदमा विज्ञापन खुलेको छ । त्रिवि सेवा आयोगले खुल्ला तथा समावेदी प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आइतबार विज्ञापन प्रकाशित गरेको हो ।

उपप्रशासक, शाखा अधिकृत, लेखा अधिकृत, स्टाफ नर्स, बुक बाइन्डरसम्मका पदमा विज्ञापन खुलेको छ ।

सबैभन्दा बढी ७७ जना स्टाफ नर्स माग गरिएको छ । यसैगरी ५१ जना कार्यालय सहायक, ४३ जना मुख्य कार्यालय सहायक, ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालय अधिकृत, २१ जना मुख्य लेखा सहायक र १५ जना लेखा अधिकृत पदमा विज्ञापन प्रकाशित भएको छ ।

प्रकाशित मितिः२०७६ मंसिर १५ आइतवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *