सेफिल्डसंग आर्सनल स्तब्ध
काठमाडौं । प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले स्तब्धपुर्ण नतिजा आत्मसाथ गरेको छ । सोमबार राति भएको खेलमा नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडले आर्सनललाई १–० गोल अन्तरले हराएको छ ।
घरेलु मैदानमा सेफिल्डका लागि ३० औ मिनेटमा मौसेटले विजयी गोल गरे । जितसंगै सेफिल्ड प्रिमियर लिगको शीर्ष १० भित्र अटाउन सफल भएको छ । आर्सनलका निकोलस पेपेले खेलको अन्तिमतिर गोलको सुन्दर मौका गुमाएका थिए ।
प्रिमियर लिगमा फर्किएपछि सेफिल्डले ठुलो जित निकाल्न सफल भएको हो । उसले नवौ स्थानमा उक्लिनका साथै रेलिगेशन जोनसंग ४ अंकको अग्रता लिन सफल भएको छ ।
हारसंगै लण्डन क्लब शीर्ष चार भित्र अटाउन असफल रह्यो । आर्सनल १५ अंक सहित पाँचौ स्थानमा रह्यो । सहरी प्रतिद्वन्दी चेल्सी भन्दा आर्सनल २ अंकले पछाडी छ । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक ५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००