पूर्व लडाकु बने सेनाको ब्रिगेडियर जनरल
काठमाडौं ।सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी ‘प्रतीक्षा’ लाई सहायक रथी ब्रिगेडियर जनरलमा बढुवा गरेको छ ।
नियमित पत्रकार भेटघाटमा भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिएका हुन् ।
मन्त्री बाँस्कोटाकाअनुसार महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद चार वर्षका लागिसिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको होे ।
अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो ।
प्रकाशित मितिः २०७६ असोज ३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००