ओएलइडी डिस्प्ले
ThinkTiny ल्यापटप बनाउनका लागि क्लिन्गरले थ्री डी प्रिन्टेड खोल तयार गरेका छन् । यस मिनी ल्यापटपमा १२८ गुणा ६४ पिक्सेलको ओएलइडी डिस्प्ले राखिएको छ । साथै यो सानो ल्यापटपमा ATtiny 1614 को ८ बिटको चिप राखिएको छ । यसमा वर्ड, एक्सेल तथा पावरप्वाइन्ट जस्ता अफिस सफ्टवयेर पनि चलाउन सकिन्छ ।
३०० मिली एम्पिएर आवरको ब्याट्री
मिनी ल्यापटपमा ३०० मिली एम्पियर आवरको ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई रिचार्ज पनि गर्न सकिन्छ । यसमा TP5400 ब्याट्री चार्जर उपलब्ध छ ।
ल्यापटपमा अन्य कम्पोनेन्ट्स पनि उपलब्ध छन् । खास विशेषता त यो ल्यापटपमा गेम पनि खेल्न सकिन्छ । १ इन्चको सानो स्क्रिनवाला यो ल्यापटपमा स्नेक, लुनर ल्याण्डर तथा टेट्रिस लगायतका गेम खेल्न सकिन्छ ।
एक हप्तामै तयार
यो ल्यापटप यति सानो छ कि यो हत्केलामै हराउँछ । मिनी ल्यापटपको किप्याडमा रहेको रातो बटनलाई माउसको रुपमा प्रयोग गर्न सकिन्छ । यो ल्यापटप तयार गर्न क्लिन्गरलाई एक हप्ताको समय मात्र लागेको थियो । यसका पाटपुर्जामा उनले करीब ७० डलर खर्च गरेका थिए भने कस्टम प्रिन्टेड सर्किट बोर्डका लागि १५ डलर खर्चिएका थिए ।
छैन बिक्रिको योजना
दुनियाँकै सानो आकारको ल्यापटप तयार गरेता पनि यसका निर्माता पल क्लिन्गरले तत्कालै यो ल्यापटप बजारमा पठाउने सोच बनाएका छैनन् । तर यदि कोही मानिस यो ल्यापटपको पुनरुत्पादन गर्न चाहन्छ भने त्यसका लागि उनले पूरै कोड तथा डिजाइन आफ्नो GitHub पेजमा राखिदिएका छन् ।
स्मरणरहोस् यसअघि क्लिन्गरले एउटा सानो गेमिङ्ग डेस्कटप कम्प्युटर पनि तयार गरेका थिए ।
प्रकाशित मितिः २०७६ साउन १९ आइतबार