काठमाडौँ । बच्चाहरुको पढाईको विषयमा चासो र सावधानी नपनाउने सायद कोही अभिभावक हुन्छौँ होला । हामी सबैलाई आफ्नो छोरा छोरीले राम्रोसंग पढुन र राम्रो अंक ल्याएर पास हुन भन्ने इच्छा त हुन्छ नै ।
तर यसरी बालबालिकाहरुलाई पढाइमा अब्बल बनाउन ती बालबालिकाहरुको भन्दा अभिभावकहरुको भुमिका महत्वपुर्ण हुने एक शोधले देखाएको छ । हामीले कस्तो वातारण दिइरहेका छौँ त्यो अनुसार नै बालबालिकाको अध्ययन क्षमता कस्तो हुन्छ भन्ने निर्धारण हुन्छ भन्ने शोधको निष्कर्ष छ ।
बचपनामा नै यदी घरमा पढाईकोलागि उपयुक्त वातावरण भएमा भविष्यमा राम्रो अंक ल्याउन सक्ने र अध्ययनमा उत्कृष्ट हुने एक अध्ययनले देखाएको छ । हालै भएको एक शोधले यस्तो नतिजा देखाएको हो । विद्यालय प्रभावशीलता र विद्यालय सुधार मा प्रकाशन भएको शोधका अनुसार घरमै आमाबुबाले छोराछोरीसंग विद्यालय जानु अघि पढाई र किताबका विषयमा चर्चा गर्नु उपयुक्त हुन्छ ।
यसरी घरमा समेत बालबालिकालाई अभिभावकले विद्यालय जाने उमेरदेखि नै शिक्षा र पुस्तकको महत्व बझाएका सन्तानले १२ वर्ष गणित विषयमा राम्रो अंक ल्याएको शोधमा उल्लेख छ ।
बामवर्ग विश्वविद्यालयले गरेको शोधका प्रमु्ख लेखक सिमोन लेहरलले सोधका परिणाम बारे बताउदै विद्यालय जाने बेला भएका बच्चाहरुलाई अंकबारे जानकारी दिन, पुस्तकका विषयमा उजागर गर्न महत्वपुर्ण हुने बताए । प्रारम्भिक अबस्थामा भाषाका विषयमा अभिभावकले राम्रोसंग बुझाए बच्चाको पढाईमा समेत सुधार हुने र गणितिय क्षमतामा पनि विकास हुने उनको भनाई छ ।
शोधकर्ताहरुले २२९ जर्मन बालबालिकामा तीन वर्षदेखि माध्यमिक विद्यालय पुरा गरेसम्म अध्ययन गरेका थिए । शोधमा तीन वर्षका पुर्व प्राथमिक विद्यालय उमेरमा उनीहरुको साक्षरता र संख्यात्मक कौशलताको परिक्षण गरि फेरी १२ र १३ वर्षको भएपछि परिक्षण गरिएको थियो ।
त्यसमा शोधकर्ताहरुले बच्चाको पुर्वप्राथमिक विद्यालय उमेरमा साक्षरता, भाषा र अंकगणितिय कौशल घरबाट पाउने प्रोत्साहनको कारण विकास भएको पाइएको बताएका छन् । जसको परिणामस्वरुप ती बच्चहरुले घरमा पनि सिक्ने वातावरण हुदाँ माध्यमिक विद्यालयमा बढ्न र गणित विषयमा राम्रो अंक ल्याउन सफल भए ।
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार