प्राविधिक धारमा बढेनन् विद्यार्थी

भक्तपुर न्यूज

२७ असार २०७६ ५:१६

प्राविधिक धारमा बढेनन् विद्यार्थी

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी मैदानमा उत्रँदा हाल कायम रहेको ८६ प्रतिशत साधारण र १४ प्रतिशत प्राविधक उच्च शिक्षाको संरचनालाई परिवर्तन गरी ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत साधारण शिक्षा उपलब्ध गराउने व्यवस्था गरिने अजेन्डालाई अघि सारेको छ ।

ओली प्रधानमन्त्री बनेको १७ महिनामा उच्च शिक्षामा खासै केही परिवर्तन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयका कुलपतिको हैसियतले प्रधानमन्त्री ओलि बुधबार त्रिविको ६० औं वार्षिकोत्सवमा कीर्तिपुर पुग्दा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन रामप्रसाद खतिवडाले कुलपतिलाई भने, ‘प्रधानमन्त्री ज्यू प्राविधिक शिक्षामा विद्यार्थी बढाउने हो भने भौतिक पूर्वाधार र ल्याबको व्यवस्थापन बढाउनुपर्छ। १५÷१७ प्रतिशत भन्दाबढी विद्यार्थी बढाउन सकिएको छैन ।’ खतिवडाका अनुसार ‘यसबारे गहन छलफल गरी अघि बढनुपर्छ’ भन्ने जवाफ प्रधानमन्त्रीले दिए ।

प्रकाशित मितिः २०७६ असार २७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *