एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

भक्तपुर न्यूज

११ असार २०७६ ३:५९

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा सकेसम्म बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

गएको चैत १० गतेदेखि सञ्चालन भएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिएका छन् ।

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए बुधबार बेलुकासम्म र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिएका छन् ।

परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको कार्यालयले जनाएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रकाशित मितिः २०७६ असार ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *