गर्मीमा अनुहार सुन्दर राख्ने ७ उपाय

भक्तपुर न्यूज

२ असार २०७६ ७:१७

गर्मीमा अनुहार सुन्दर राख्ने ७ उपाय

काठमाडौँ । गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ त्यसैले फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ।

१. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ। गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन।

२. अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ।

३.घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ। जस्तोः दहिले क्लिन्जङको काम गर्छ। काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ।

४. अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ।

५. अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस, दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ।

६. जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्नसकिन्छ।

७. आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ।

प्रकाशित मितिः २०७६ असार २ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *