पत्थरीबाट बच्ने केही उपायहरू

भक्तपुर न्यूज

२९ जेठ २०७६ ६:०४

पत्थरीबाट बच्ने केही उपायहरू

काठमाडौं । पानी कम खाएमा मिर्गाैलामा ठोस पदार्थको मात्रा ज्यादा हुने भएकाले पत्थरी हुने खतरा देखिन्छ । पिसाव निस्काशनको बाटो बन्द भएमा पत्थरी बन्ने डर हुन्छ । पानी कम खानु मृगौलाको पत्थरी हुनुको मुख्य कारण हो, पिसावमा हुने इन्फेक्सनका कारण पनि पत्थरी हुने सम्भावना हुन्छ ।युरिक एसिडलगायतका कारणले पनि पत्थरी हुन्छ । मिर्गौला, युरेटर वा मुत्रथैली जहापनि पत्थरी हुने डर रहन्छ । तर, नेपालको सन्दर्भमा भने मिर्गौलाको पत्थरी हुने डर धेरै रहेको हुन्छ । पत्थरी हुनुको मुख्य कारण भनेको शरीरमा पानीको कमी, तापक्रम, तथा अव्यवस्थित खानेकुरालगायत हुन् ।

गर्मी मौसममा पत्थरी हुने मुख्य कारण भनेकै शरीरमा पानीको कमी हो । गर्मीमा शरीरमा पानीको माग बढी हुन्छ । गर्मीमा प्रयाप्त पानी पिउनु नै पत्थरीबाट मुक्ति पाउने एउटा सरल उपाय हो । नुनले पत्थरी हुने खतरा बढाउँछ ।

पत्थरीबाट बँच्नका लागि नुनको सेवन कम गर्नु नै राम्रो मानिन्छ । गर्मी महिनामा सँधै खानेभन्दा पनि कम नून खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ र हामी पत्थरीबाट मुक्त हुन सक्छौं । पत्थरीबाट बँच्नका लागि दिनहुँ खाने खानामा प्रोटिनको मात्रा नियन्त्रित रुपमा खानु पर्छ ।

धेरै जसो खानमा माछा, मासु र अण्डा खानु भन्दा पनि शाकाहारी भोजन गर्ने गर्नु होस् । प्राकृतिक शाकाहारी भोजनबाट प्रोटिनको मात्रा पूरा गरेमा यसले हामीलाई पत्थरीको समस्या हुन दिँदैन । गर्मी मौषममा कागती हालेर बनाएको शरवत पिउनु निकै लाभदायिक हुन्छ ।

यसले हामीलाई मोटोपन नियन्त्रण गर्नमा मद्दत गर्नुका साथै त्थरी तथा पेटमा हुने अन्य समस्याहरुबाट पनि हामीलाई जोगाउँछ । गर्मी मौषममा पत्थरीबाट बँच्नका लागि चिया, कफी नखाएको राम्रो हुन्छ । चिया तथा कफीमा क्याफिनको मात्रा उच्च हुन्छ र क्याफिनले शरीरमा पानीको कमी हुने अवस्था उत्पनन्न गराएर पत्थरीलाई निम्त्याउने गर्छ ।

पत्थरीका हुनबाट बच्नका लागि हामीले खानामा सोडा मिसाउने चलन हटाउनु पर्छ । गर्मीमा आइस टी, चकलेट र स्ट्रबेरी सेवन नगरेकै राम्रो हुन्छ । यसका साथ साथै धुम्रपान, मदिरापान र खैनी जस्ता अन्य सुर्तीजन्य पदार्थबाट टाढा बसे पत्थरीबाट बच्न सकिन्छ ।

प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *