पुरुषहरुले पछाडी पर्स राख्नु स्वास्थ्यको लागि हानिकारक

भक्तपुर न्यूज

२८ जेठ २०७६ ६:३४

पुरुषहरुले पछाडी पर्स राख्नु स्वास्थ्यको लागि हानिकारक

काठमाडौं । धेरै जसो पुरुषहरूले आफ्नो पर्स पाईन्टको पछाडिको खल्तीमा राख्ने गर्छन् । उक्त पर्समा पैसा मात्र नभएर फोटो, बैंकको क्रेडिट कार्ड, डेबिट कार्ड, बिजुलीको विल, ड्राइभिङ्ग लाइसेन्स तथा अन्य महत्वपूर्ण कागतपत्र समेत राख्ने गरेको पाइन्छ ।

पर्स केही क्षण राख्‍नको लागि मात्रै हो तर, मानिसहरु यसलाई दिनभरीको काम सकेर पनि घर फर्केर आउँदासम्‍म पर्सलाई पछाडिको पकेटमै हुने गर्छ । एउटा सानो पर्समा सामान राखिसकेपछि पर्स मोटो हुनु स्वाभाविकै हो ।

यस्तो मोटो पर्सलाई पछाडिको खल्तीमा धेरै समय सम्म राख्ने बानीले पुरुषहरूको शरीरका लागि घातक हुने देखिएको छ । यस्ता पर्सलाई केही क्षणको लागि पछाडिको खल्तीमा राख्दा खासै केहि फरक पर्दैन । तर, दिनभर खल्तीमा राखेमा यसले स्वास्थ्यमा समस्या उत्पन्न गराउन सक्छ ।

रिसर्च अनुसार पर्स भनेको केही समयका लागि मात्र खल्तीमा राख्नलाई बनाइएको हो । र, उक्त पर्समा कार्ड, विल तथा सिक्का राखेर त्यसमाथि घण्टौंसम्म बसेमा हिप, ज्वाइन्ट तथा कम्मरमुनिको भागमा दुखाइ महसुस हुन थाल्छ ।

हिपमा मोटो पर्स राख्ने गर्नाले पर्स तथा हिपको बीचमा उक्त नसा थिचिन्छ र विभिन्न समस्या उत्पन्न हुने गर्छ । यसका साथै मोटो पर्स राख्नाले कुहिना एकतर्फ झुक्ने र यसैका कारण मेरुदेण्डको हड्डीमा बढी दवाव पर्ने पाइएको छ ।

पर्स जति बढी मोटो हुन्छ, शरीर त्यति नै एकातर्फ झुक्न थाल्छ, र शरीर त्यति नै धेरै दुख्ने गर्छ । मान्छे कुप्रो हुनुको मुख्य कारण यो पनि रहेको छ । छोटो समयको लागि पर्स पछाडी राख्दा यसले खासै समस्या नगरेपनि लामो समय राख्दा भने पीडा महसुस हुने गर्छ ।

यो पीडा एक ठाउँमा महसुस हुदै शरीरको विभिन्न ठाउँमा सर्दै जान्छ । त्यसैले पुरुषहरुले धेरै समय सम्म पर्सलाई पछाडीको पकेटमा राख्न हुदैन । पातलो खालको पर्सको प्रयोग गर्नु पर्छ नत्र सम्भव भएमा पर्स राख्नै छाड्नु राम्रो हुन्छ ।

प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *