सख्खर खानुको फाइदा

भक्तपुर न्यूज

२३ जेठ २०७६ ९:५१

सख्खर खानुको फाइदा

काठमाडाैं । उखुको रस पकाएर जमाएपछि सखर बन्छ । गुलियो सखर खाँदा तत्कालका लागि शक्ति प्राप्त हुन्छ । तर, यसलाई औषधिका रूपमा पनि प्रयोग गरिने कुरा कमैलाई थाहा हुन सक्छ ।

यस्ता छन् सखरका फाइदा –

– एक पाउ ज्वानो र एक पाउ सखरको धुलो मिसाएर औषधि तयार पार्नुहोस् । हरेक दिन बिहान–बेलुका तातोपानीसँग एक–एक चम्चा सेवन गर्नुहोस् । कम्मर दुख्ने समस्याबाट राहत मिल्छ ।

– दुई दाना फुराएको मरिच पिनेर मसिनो पाउडर तयार पार्नुहोस् र एक चम्चा सखरमा मुछेर स–साना गोली तयार पार्नुहोस् । यस्ता गोली दिनमा तीन–चारवटा चुस्ने गर्दा अड्किएको कफ निकाल्न सहज गराउँछ ।

– पाँच–सात दाना जिरा पानीमा राखेर पकाउनुहोस् । त्यही पानीमा सखर राखेर चियाजस्तै गरी दिनमा तीन–चारपटक खानुहोस् । पुरानो ज्वरो निको हुन्छ ।

– आधा चम्चा भुटेको रायोको धुलोमा सखर राखेर एक चम्चा बनाउनुहोस् र एक गिलास मनतातो पानीसँग निल्नुहोस् । पेट दुखेको वेला यसले आराम दिन्छ ।

– ज्वानो र सखरको धुलो मिसाएर एक चम्चा बनाउनुहोस् । यसलाई पानीमा राम्रोसँग उमालेर पिउनाले घाँटी बसेको समस्यामा राहत दिन्छ ।

– भुटेको ज्वानो र सखर मिसाएर लड्डु बनाउनुहोस् । यसलाई मिस्रीपानीसँग मिलाएर दुई सातासम्म नियमित सेवन गर्दा शरीर दुखेको निको हुन्छ ।

– पिसाब पोल्ने समस्या तथा जन्डिस भएकाले पनि सानो टुक्रा सखर पानीमा मिसाएर सेवन गर्दा औषधिको काम गर्छ ।

प्रकाशित मितिः २०७६ जेठ २३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *