किन आउँछ डन्डिफोर ? कसरी बच्ने यसबाट ?
काठमाडाैँ । छालामा हुने एक प्रकारको तैलिय ग्रन्थीका कारण अनुहारमा डन्डिफोर आउने गर्छ। सामान्यतया छालालाई कोमल राख्नका लागि उक्त ग्रन्थीले चिल्लो पदार्थ पैदा गर्ने गर्छ। युवावस्थामा हर्मोनको गडबडीका कारण उक्त ग्रन्थीमा असन्तुलन आई डन्डिफोरले सताउने गर्छ।
महिनावारी अनियमित हुने महिलालाई पनि डन्डिफोरले सताउने गर्छ। त्यसैगरी अव्यवस्थित जीवनशैली, असन्तुलित खानपान, तनाव, अनिद्रा आदि कारणले पनि हर्मोनमा असन्तुलन हुन्छ। जसको फलस्वरुप डन्डिफोर आउने गर्छ।
कसरी बच्ने ?
सफा पानीले दिनमा दुईपटक अनुहार सफा गर्न सकिन्छ।
ग्रन्थीमा तैलिय पदार्थ बाहिर निस्कनबाट जोगाउन समयसमयमा सफा गर्नु राम्रो हुन्छ।
स्वस्थ खानपानमा जोड दिनुपर्छ। सकेसम्म चिल्लो खानेकुराबाट टाढै बस्नुपर्छ।
फलफूल तथा हरिया सागसब्जी र पानी प्रशस्त मात्रामा खानुपर्छ।
सुरुसुरुमा डन्डिफोर आउदा उपचार गरिहाल्नु हुँदैन। तर, हेलचेक्र्याइँका कारण अन्य ठाउँमा संक्रमण हुने भएकाले सावधान हुन जरुरी छ।
कतिपय डन्डिफोर आफैँ निको भएर जान्छ। त्यसैले डन्डिफोर कहिल्यै पनि निचोर्नु र फुटाउनु हुँदैन।
फुटाउँदा डन्डिफोरको पानी सर्न गई अर्को ठाउँमा पनि आउने सम्भावना हुन्छ।
प्रकाशित मितिः २०७६ जेठ १४, मंगलबार