तोरीको तेल कपाल तथा छालाको सौन्दर्यको लागि उपयोगी
काठमाडौं । तोरीको तेलमा धेरै यस्ता तत्व पाईन्छ, जो स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । साथै यसलाई दुखाई निवारकको रूपमा पनि प्रयोगमा गर्न सकिन्छ ।
तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट ९मुफा०, २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट ९पुफा० र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यस्ता फ्याट तथा चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन र यसले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्याउछ ।
तोरीको तेलले खराब कोलेस्टेरोल घटाई र असल कोलस्टेरोल बढाउँछ मद्दत गर्छ । विभिन्न अनुसन्धानहरु बाट तोरीको तेलमा क्यान्सर विरुद्ध लड्ने तत्व पाइएको प्रमाणित भएको छ । यसको सेवनले पेट तथा कोलोन क्यान्सरको रोकथाम गर्छ । यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।
तोरीको तेलले छालामा मसाज गर्दा रक्त सन्चार प्रणालीलाई सक्रिय गर्दै जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । रुघा लागेको बेलामा तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने गर्दा यसले श्वासप्रश्वास नली तथा घाँटीलाई सफा पारेर रुघा निको पार्छ ।
तोरीको तेलको उपयोगले दमको आक्रमणलाई रोक्न सकिन्छ । तोरीको तेलले रौं छिद्रलाई खोलेर छालाबाट विषालु तत्त्वलाई बाहिर निकाल्छ । यसले रिङ्कल तथा एजिङको समस्याबाट पनि जोगाउँनुका साथै हाम्रो अनुहार तथा छालामा भएको ट्यान र डार्क स्पट्सलाई हटाउँछ ।
तोरीको तेलल अत्यन्त राम्रो सनस्क्रिन हो जसले हाम्रो छालालाई सुख्खा हुन नदिकन इन्फेक्सन र र्यासेजबाट जोगाउँछ । तोरीको तेलले केशलाई असमयमा सेतो हुनबाट जोगाउँछ ।
केशलाई तोरीको तेल प्रयोग गरी मालिस गर्नले मष्तिष्कको कार्यक्षमता बढाउनुका साथै कपालमा चायाँ पर्न नदिकन कपाल झर्नबाट जोगाउँछ ।
प्रकाशित मिति ः २०७६ जेठ ११ शनिवार