अगरबत्तीको धुँवा चुरोट भन्दा खतरनाक

भक्तपुर न्यूज

९ जेठ २०७६ ८:५२

अगरबत्तीको धुँवा चुरोट भन्दा खतरनाक

काठमाडौँ । धार्मिक कार्यमा होस् वा सांस्कृतिक कार्यमा होस् जताततै अगरबत्ती आवश्यक्ता परेकै हुन्छ। धार्मिक कार्य तथा पूजापाठमा आवश्यक पर्ने अगरबत्तीको वषौँदेखि प्रयोग गर्दै आइएको छ।

अधिकांश मानिसहरु पूजापाठको समयमा मात्र नभएर बिहान र बेलुका नियमित रुपमा पनि अगरबत्ती बाल्ने गरेको समेत पाइन्छ।

प्रायः जसो पसलहरुमा बिहानमा अगरबत्ती बाल्ने गरेको देखिन्छ। तर धेरैलाई यो कुरा थाहा नहुन सक्छ, अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा खतरनाक हुन्छ।

अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा अझ खतरनाक हुने जानकारहरुले बताउने गरेका छन्।

अगरबत्तीबाट निस्कने धुँवाले ब्रेन ट्यूमर र क्यान्सर हुने खतरा बढाउने गरेको जानकारहरुले बताएका छन्।

चिकित्सकहरुका अनुसार अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धुँवाबाट शरीरमा पोल्ने समस्या उत्पन्न हुनुका साथै यसले क्यान्सरसम्म हुन सक्ने बताएका छन्। एजेन्सी

प्रकाशित मिति : २०७६ जेठ ९, बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *