लौकाको जुस अमृत समान

भक्तपुर न्यूज

९ जेठ २०७६ ७:२८

लौकाको जुस अमृत समान

   काठमाडौं । बिशेष गरेर तरकारीका लागि प्रयोग हुने लौकाको जुस खानु स्वास्थ्यका लागि अति नै लाभदायक हुन्छ ।

तपाइलाइ लौकाको फिक्का स्वाद शुरूमा नराम्रो लाग्न सक्छ तर, फाइदा थाहा पाएपछि लौकाको जुस पिउँदिन भन्न सक्नु हुनेछैन । बिहानै उठेर चिया वा कफिको ठाउँमा लौकाको रस पिउँदा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।

लौकाको जुस पिउँदा हुँने फाइदा –

१, वजन घटाउनमा मद्दत

लौकाको रसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

२, कब्जियतको बिरामीको लागि फाइदाजनक

यदि कब्जियतको बिरामीले दैनिक बिहानै उठेर लौकाको रस पिउँछ भने लौकाको रसमा पाईने फाइबरले पाचन प्रक्रियालाई दुरुस्त बनाउँछ ।

३ शरिरभित्रको फोहोरलाई सफा गर्ने

खाली पेटमा लौकाको रस पिउनाले तागत र शक्ति प्राप्त हुन्छ । लौकाको रसमा ९८ प्रतिशत पानी र बाँकी एन्टी एक्सीडेन्ट्स हुन्छ, जो शरिरभित्रको टक्सिनलाई बाहिर निकाल्छ र जसले गर्दा भित्री शरिरको फोहोर सफा हुन्छ।

४, शक्तिको लागि

यदि तपाई विहानै उठेर काम गर्नुहुन्छ भने लौकाको रस पिउनुस् यो धेरै फाइदाजनक छ। यसमा कार्बोहाईड्रेट पाईन्छ जसले मांसपेशीहरुको काम गर्ने क्षमता बढाउछ।

५, युरिन ईन्फेक्सनमा फाइदा

यदि तपाईलाई पिसाब गर्ने बेला जलन वा दुख्ने हुन्छ भने लौकाको रस पिउनुहोस् यो फाइदाजनक छ। युरिनमा एसिडको मात्रा बढी हुनाले जलन वा दुख्ने हुन्छ, जब लौकाको रस पिउने गरिन्छ यसले अम्लियतालाई कम गर्छ र जसले जलन वा दुख्ने समस्यालाई पनि कम गर्छ।

प्रकाशित मिति : २०७६ जेठ ९, बिहिबार



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *