अल्का हस्पिटलले नर्सिङ कलेज विस्तार गर्न साढे ४८ करोड ऋण लियो, ४५ करोड दीर्घकालिन ऋण

भक्तपुर न्यूज

८ जेठ २०७६ ६:१९

अल्का हस्पिटलले नर्सिङ कलेज विस्तार गर्न साढे ४८ करोड ऋण लियो,  ४५ करोड दीर्घकालिन ऋण

काठमाडौं। अल्का हस्पिटलले निर्सिङ कलेजको विस्तार गर्दा लिएको ऋणको रेटिङ गराएको छ। हस्पिटलले ४८ करोड ५० लाख रुपैयाँको ऋणको रेटिङ गर्दा मध्यम किसिमको सुरक्षा जनाउने ‘केयर एनपि ट्रिपल बि माइनस’ र ‘केयर एनपि ए थ्रि’ प्राप्त गरेको छ।

अल्काले ४५ करोड ५० लाख रुपैयाँको दीर्घकालिन र तीन करोड रुपैयाँको अल्पकालिन ऋणको लागि रेटिङ गरेको हो।

हस्पिटलले थप शैक्षिक कोर्ष विस्तार गर्ने क्रममा ललितपुरको धोविघाटमा साढे ४८ करोड रुपैयाँको घर जग्गा खरिद गरेको थियो। अल्काले यसै बर्षदेखि एचए र ल्यावको नयाँ कोर्ष सञ्चालन गरेको छ। हस्पिटलले विगत १६ वर्षदेखि स्वास्थ सेवा प्रदान गर्दै आएको छ भने विगत १० बर्षदेखि नर्सिङ कलेज सञ्चालन गर्दै आएको छ। हस्पिटलमा ९४ जना डाक्टर अनुवन्धित छन्।

हस्पिटलको अकुपेन्सी दर ८३.६१ प्रतिशत रहेको छ। अकुपेन्सी बढेसँगै हस्पिटलको आम्दानी पनि गत वर्ष १७ प्रतिशतले बढेर ५८ करोड १० लाख रुपैयाँ आर्जन गरेको थियो। हस्पिटलको हरेक वर्ष आम्दानी तथा नाफा बढाउदै आएको छ। होटले गत आर्थिक वर्षमा १४ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षमा हस्पिटलले १२ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो।

नेपालमा स्वास्थ्य सेवा प्रदान गर्ने हस्पिटल तथा क्लिनिकहरु सामुदायिक स्तरबाट १२१ वटा र निजी स्तरबाट ९६२ वटा रहेका छन्। धेरै भन्दा धेरै स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरु भएकाले यस क्षेत्रमा केहि जोखिम रहेको रेटिङ एजेन्सीले जनाएको छ।

प्रकाशित मिति २०७६ जेठ ८, बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *