क्यान्सर लगाउने कोषलाई नष्ट गर्ने गाँजर खानुका फाइदा

भक्तपुर न्यूज

८ जेठ २०७६ ५:४४

क्यान्सर लगाउने कोषलाई नष्ट गर्ने गाँजर खानुका फाइदा

काठमाडौं । सलाद, तरकारी, अचार अथवा जुसको लागि प्रयोग गरिने गाँजर स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । यसलाई काँच्चै अथवा पकाएर खाए पनि सकिन्छ ।

गाँजरमा उच्च मात्रामा बेटा क्यारोटिन पाइनुका साथै ’भिटामिन ए’, ’मिनरल्स’ र ’एन्टिअक्सिडेन्ट’ पनि प्रशस्त पाइन्छ । गाँजरमा भएका विभिन्न खालका पोषक तत्त्व, ’भिटामिन सी’ र एन्टिअक्सिडेन्टले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।
गाँजरमा रेसादार फाइबर पाइने हुनाले यसले छाला तथा शरीरको चिल्लोपन र चमकलाई जोगाएर छालालाई खुम्चिन नदि चाउरिपन हटाउछ । गाँजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ । यसले कपालको वृद्धि गर्नुका साथै बाक्लो बनाएर सुक्खा हुनबाट बचाउँछ ।

गाँजर खानाले पिसाब साथै रगत पनि सफा हुने गर्छ र रगतको सर्कुलेसन राम्रो गरी उच्च रक्तचाप हुनेहरुको लागि निकै फाइदा गर्दछ । यसले खराब कोलस्टेरोललाई पनि हटाउँछ । यही कारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन ।

यसले गिजा बलियो बनाउनुका साथै दाँतमा एसिड उत्पादन गरेर मुख र दाँतको सड्नका लागि जिम्मेवार भएका किटाणुहरुलाई मार्न सहयोग गर्दछ । यसले आँखाको रेटिनाको स्वास्थ्यमा फाइदा गर्ने हुनाले आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै हामीलाई रतन्धो हुनबाट जोगाउँछ ।

यसले हाम्रो शरीरमा क्याल्सियम दिएर हड्डीको विकासमा सहयोग गर्छ । यसले खाना राम्रोसँग पच्न मद्दत गरी कब्जियत हटाएर दिसालाई नियमित बनाउँछ । यसले महिनावारी अनियमित भएको समस्या हटाउछ । गाँजर खानाले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ र फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउँछ ।

गर्भधारणका बेला गाँजर खानाले गर्भको बच्चाको विकासमा निकै सहयोग पुग्छ र गर्भ तुहिने सम्भावना पनि घटेर जान्छ ।

प्रकाशित मिति २०७६ जेठ ८, बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *