आँप खानुका केही फाइदाहरू यस्ता छन्
काठमाडौं । गर्मी मौसममा सबलाई मनपर्ने एक मात्र फलफूलमध्ये एक हो आँप । आँपलाई फलफूलको राजा भनिन्छ । यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण पाइन्छ । आयुर्वेदका अनुसार, आँपका बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् ।
पाकेको आँप गुलियो, पौष्टिक, वायुनाशक, र शितल हुन्छ । पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ’ए’, ’सी’ र ’बी’, कपर, जिंक, पोटाशियम, मिनरल्स लगायतका पोसन तत्वहरु प्रसस्त मात्रामा पाइन्छ ।
आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । यसले हाम्रो शरीरमा रहेको खराब कोलेस्ट्रोल घटेर मुटुलाई बलियो बनाउनुको साथै पित्त तथा उक्तरक्त चापलाई नियन्त्रणमा ल्याउने काम गर्छ ।
आँपमा पाइने ’भिटामिन ए’ ले आँखा तेजिलो बनाउनुका साथै आँखासम्बन्धी हुने विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति गराउँछ ।
यसका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ र शरीरमा इन्फेक्सन हुनबाट बचाएर शक्ति प्रदान गर्छ । आँपमा प्रशस्त मात्रामा आइरन पाइने हुनाले यसको सेवन गरेमा शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ र ब्लडप्रेशरको लेवल पनि कन्ट्रोलमा आउँछ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउनमा पनि मद्दत गर्छ ।
प्रकाशित मितिः २०७६ जेठ ३ शुक्रबार