दाग र डन्डिफोर हटाउन चना लाभदायक, खाँदा झनै फाइदा

भक्तपुर न्यूज

२९ वैशाख २०७६ ७:००

दाग र डन्डिफोर हटाउन चना लाभदायक, खाँदा झनै फाइदा

काठमाडौं । बजारमा सजिलैसँग पाउन सकिने र तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिने चनामा प्रशस्त मात्रामा प्रोटिन जस्ता पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ ।

यसको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाएर हाम्रो शरीरमा शक्ति प्रदान गर्छ । चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा रक्तअल्पता कम गर्नुको साथै हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।

चनाको बेसनमा दूध, बेसार अथवा दही मिसाएर पेस्ट बनाएर १०–१५ मिनेटको लागि अनुहारमा लगाउने र चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोर लगायतका दाग, दाद आदि हराएर छालालाई चम्किलो बनाउछ ।

चनामा ग्लुकोजको मात्रा कम हुने भएकोले यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो । सक्खरसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ । रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिसाएर बिहान खाने गर्नाले कब्जियतको समस्या कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

प्रकाशित मितिः २०७६ वैशाख २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *