नगर शिक्षा अधिकारीको अवधारणा पुरा भएरै छाड्योः शिक्षामन्त्री पोखरेल

भक्तपुर न्यूज

१५ वैशाख २०७६ ११:५५

नगर शिक्षा अधिकारीको अवधारणा पुरा भएरै छाड्योः शिक्षामन्त्री पोखरेल

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कर्मचारीतन्त्रले बिफल पार्न थालेको नगर शिक्षा र गाउँ शिक्षा अधिकारी आफूले लागू गरेरै छाडेको बताएका छन् ।

आज भक्तपुरको सानोठिमीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले अघिल्लो सरकारको पालामा ल्याउन थालेको नगर शिक्षा अधिकारीको अवधारणा कर्मचारीतन्त्रले फेल पार्ने कोसिसमा लागेता पनि त्यसले पूर्णता पाउन नसकेको बताए ।

उनले शिक्षा क्षेत्रमा देखा परेको अप्ठेराहरुलाई मन्त्रालयले सम्बोधन गरि लाग्ने प्रतिबद्धता जनाउँदै गुणात्मक शिक्षाको बिकासमा सबै सरोकारवालहरु लाग्नु पर्नेमा जोड दिए ।

उनले नेपालको शिक्षा ब्यवहारमुखी बनाउँदै दक्ष जनशक्ति उत्पादनमा नेपाली शिक्षालाई रुपान्तरण गर्ने सरकारको नीतिलाई सरोकारवालाहरुको सहयोगले मात्र पूर्णता पाउन सक्ने भएकाले यस तर्फ जोड दिनु पर्ने बताए ।

सामुदायिक बिद्यालयमा चलेको भर्ना अभियान सकारात्मक रहेको र यसले निन्तरता पाउने भन्दै आफ्नो तर्फबाट पनि अझै सक्दो बिद्यार्थीको अभिभावकत्व गर्ने उनले बताए ।

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका सचिव खगराज बरालले बिद्यार्थी भर्ना अभियानका साथ साथै दश बर्षे सामुदायिक बिद्यालय रुपान्तरण अभियान सञ्चालनमा आएको जानकारी दिए ।

कार्यक्रममा शिक्षा क्षेत्रबाट सचिव पदमा बढुवा भएका बरालका साथै महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक सूर्यप्रसाद गौतम, निर्वाचन आयोगका सचिव देवकुमारी गुरागाई र गण्डकी प्रदेश सेवा निबृतका पूर्व प्रमुख सचिव लक्ष्मीराम पौडेललाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी संंगठन शिक्षा विभागीय कार्यसमितिले चार जना बिद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुको लागि शैक्षिक सामाग्री उपलब्ध गराएको थियो ।

प्रकाशित मितिः २०७६ वैशाख १५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *