हृदय रोगदेखि लिएर तनाव मुक्त पार्न घरमा कुकुर पाल्नुहोस्

भक्तपुर न्यूज

१३ वैशाख २०७६ ५:१२

हृदय रोगदेखि लिएर तनाव मुक्त पार्न घरमा कुकुर पाल्नुहोस्

काठमाडौं । कुकुर घरपालुवा स्तनधारी जनावर हो । घरको सुरक्षाका लागि पालिने कुकुर मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ । कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तेजिलो हुन्छ । कुकुरले सधैँ आफ्ना मालिकको आज्ञा मान्ने भएकाले कुकुरलाई निकै इमान्दार मान्ने गरिन्छ ।

घरको रेखदेखको लागि पालिने कुकुर मानिसहरूले शोखका लागि पनि पाल्ने गर्छन् । तर, धेरैलाई थाहा नहोला, कुकुर पाल्नु स्वास्थ्यको लागि निकै उपयोगी हो । अन्य जनावर पाल्नेभन्दा कुकुर पाल्ने मानिस शारीरिक रुपमा तन्दुरुस्त हुन्छन् ।

कुकुरसँग खेल्न मानिसहरु रुचाउँने भएकोले मानिसहरु तन्दुरुस्त तथा शारीरिक रुपमा सक्रिय रहेको पाईन्छ । विभिन्न अनुसन्धानका अनुसार कुकुर पाल्नाले मान्छेमा हुने हृयद रोगको जोखिम कम हुन्छ ।

कुकुर पाल्दा कुनै पनि स्वास्थ्य समस्याको कारणले मृत्यु हुने जोखिम २० प्रतिशतले कम हुने पाइएको छ । कुकुरको कारणले मानिसहरु एक्लोपना, तनाव तथा डिप्रेशनबाट मुक्त हुन्छन् । अध्ययनका अनुसार एक्लो बस्ने मानिसहरुले कुकुर पालेमा यसको सकारात्मक प्रभाव उनीहरुमा बढि रहने देखाएको छ ।

कुकुर पाल्दा उनीहरु तनाबमुक्त भएर खुशी हुने उक्त अध्ययनमा बताइएको छ । फेरि कुकुर पालेर स्वास्थ्यलाई हानी पुर्याउने खानाकुरा खादैँ कुकुर एक्लै खेलेको मात्रै हेर्नाले हृयद रोग तथा अन्य स्वास्थ्य समस्याहरुबाट हुने जोखिम भने कम गराउँदैन ।

कुकुरसँगै आफू पनि शाररिक ब्यायाम तथा कुकुरलाई डुलाउने साथै कुकुरसँग खेलेर आफूलाई सक्रिय बनाउनु निकै आवश्यक छ । एजेन्सी

प्रकाशित मितिः २०७६ वैशाख १३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *